कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजामा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता लगिएको हो।
कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्याइएको छ।
बिहीबार गाजाका विभिन्न स्थानमा ती अत्यावश्यक सामग्री पुर्याइएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कतार र फ्रान्सको प्रयासको प्रशंसा गरेका छन्।
गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, “गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ। तर, अझै धेरै सहायता आउन आवश्यक छ।”
महासचिव गुटेर्रेसले तत्काल मानवीय युद्धविराम र बन्धकलाई बिनाशर्त रिहा गर्न पनि आग्रह गरेका छन्। गाजामा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाइने उनले बताए।
कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजामा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता लगिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
