काठमाडौँ– ३ (१) मा कांग्रेसका छिरिङ निर्वाचित

मंगलबार बिहान सम्पन्न मतगणनामा छिरिङले राप्रपाका चुण्डी लामालाई दुई हजार २८२ मतान्तरले पछि पारे।

काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर ३ (१) मा कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भएका छन्।

मंगलबार बिहान सम्पन्न मतगणनामा छिरिङले राप्रपाका चुण्डी लामालाई दुई हजार २८२ मतान्तरले पछि पारे। छिरिङले चार हजार ५५८ र चुण्डीले दुई हजार २७६ मत पाएका हुन्।

एमालेका चन्द्रमान लामा एक हजार ४१५ मतसहित तेस्रो तथा माओवादीका कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भए।