काँग्रेसका सांसद पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउन नहुने बताएका छन्।
काठमाडाैँ– सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउन नहुने बताएका छन्।
शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन्। उनले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताए। उनले विश्व विद्यालयको स्वच्छ प्रतिस्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए।
उनले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताए। उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको भन्दै उनले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको पनि बताए।
"अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याएको थियो। हाम्रो देशमा सरकारले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत बजेट पनि छुट्याएको हुँदैन। अध्ययन र अनुसन्धान पनि सरकारको प्राथमिकतामा परेको छैन। अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने नेपालले उच्च शिक्षा दिइरहेको हो भने त्यहीअनुसार बुझ्नुपर्यो," उनी प्रश्न गर्छन्, "नेपालमा उपयोगी नागरिक उत्पादन गर्न सरकारले उच्च शिक्षा दिइरहेको हो भने हाम्रो उच्च शिक्षा नेपाली मौलिकतासँग कहाँ जोडिएको छ। मुलुकको स्रोत र आर्थिक समृद्धिसँग कहाँ जोडिएको छ। हाम्रो स्रोतलाई चिनाउन नसक्ने विश्व विद्यालयको शिक्षाले सरकारको स्रोत उपयोग गर्न सक्ने नागरिक प्राप्त गर्नसक्छौँ। नेपालको लागि आवश्यक डाक्टर, इन्जिनियर, अर्थशास्त्री लगायत देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने दायित्व कसको हो।उच्च शिक्षाले मात्रै देशलाई आवश्यक जनशक्ति प्राप्त हुनसक्छ। त्यो राज्यको दायित्व हो। उच्च शिक्षा औपचारिक मात्रै हुन्छ भन्ने छैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
