दातृ निकायमा संलग्न व्यक्तिबाट हुनसक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ प्रशिक्षण प्रदान गरिएको हो।
काठमाडौँ– अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को 'सोटेरिया' परियोजनाअन्तर्गत संचालित दुईवटा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएका छन्। दातृ निकायमा संलग्न व्यक्तिबाट हुनसक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ प्रशिक्षण प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रमबीच उक्त प्रशिक्षण समापन गरिएको हो। साथै उनले दुवै प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका छन्।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विभिन्न एजेन्सीबीचको सहकार्य महत्त्वपूर्ण रहेको चर्चा गर्दै यी प्रशिक्षणले विचार र अभ्यासको आदानप्रदान गर्नुका साथै सहयोगी भावनालाई थप प्रगाढ बनाउने बताए। अन्तर्राष्ट्रिय र संगठित अपराधविरुद्धको लडाइँमा संयुक्त प्रयासको आवश्यकता भएको तथा त्यस्ता पहलमार्फत बढाइएको सहकार्यले नेपाललाई मात्र नभई इन्टरपोलका सबै सदस्य राष्ट्रलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे।
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले अन्तर–संगठनात्मक प्रशिक्षण कार्यक्रमले प्रशिक्षार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा एकता र अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्ने उल्लेख गरे। उक्त परियोजनाअन्तर्गत सीमा व्यवस्थापन अधिकारीहरूका लागि सोटेरिया परिचालन प्रशिक्षण विषयक र इन्टरपोल प्रहरी क्षमता कार्यक्रम विषयक प्रशिक्षण कार्यक्रम यही माघ २ गतेबाट सञ्चालन भएका थिए।
उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा सञ्चालन भएको प्रहरी क्षमता कार्यक्रम सीमा व्यवस्थापन अधिकारीहरूका लागि सोटेरिया परिचालन विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ अधिकृत र अध्यागमन विभागका सात अधिकृत गरी जम्मा २० जना सहभागी थिए। साथै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको इन्टरपोल प्रहरी क्षमता कार्यक्रम विषयक प्रशिक्षणमा नेपाल प्रहरीका २० जना अधिकृतको सहभागिता रहको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुवै प्रशिक्षणमा इन्टरपोल परियोजना सोटेरियाका पाँचजना प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
