परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग आग्रह गरेका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुससँग आग्रह गरेका छन्।
युगान्डाको राजधानी कम्पालामा जारी ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
“हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,” मन्त्री साउदले भने, “त्यस कारण सेनामा नेपाली नागरिक भर्ना नगर्न र भर्ना भएकालाई स्वदेश फर्काइदिन आग्रह गरेका छौँ।”
यस्तै, उनले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे।
“रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफ्नो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्छौं,” मन्त्री साउदले भने।
जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषय सम्बोधनका लागि पहल गरिने बताए। मृतकका परिवारलाई रुसी कानूनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने उनको भनाइ थियो।
रुसी प्रतिनिधिमण्डलका प्रमुख रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
