गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
बनियानी– झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार ५०० बिघामा तोरी खेती गरिएको छ।
गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानका किसानले तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।
गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलो तोरीको बीउ वितरण गरेको थियो। प्रतिहेक्टर १.९ मेट्रिक टन तोरी उत्पादन हुने प्रारम्भिक अनुमान गाउँपालिकाको छ। हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ।
अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन्। हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताए। “अरू बालीमा जस्तो झन्झट छैन,” उनले भने, “मूल्य पनि राम्रो छ।” गत वर्ष प्रतिमन ६ हजारमा तोरी बिक्री भएको थियो।
यस्तै, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन शुरू गरेको छ। कृषकले उत्पादन गरेको तोरी खरिद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए। “किसानले उत्पादन गरेको तोरी खरिद गरेर तेल उत्पादन गरिरहेका छौँ,” उनले भने, “सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौँ।”
कृषकलाई तोरी खेती गर्न प्रोत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ। शुरूमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो। कृषि ज्ञान केन्द्र झापाले गत आवमा तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ। “खाद्य गुणस्तरको अनुमति लिएपछि ब्रान्डिङ गरेर बजारमा लान्छौँ,” उनले भने।

सहकारीले हाल खुद्रा खरिद गर्नेलाई प्रतिलिटर ४२० रुपैयाँमा तेल बिक्री गरिरहेको छ। ५० लिटरभन्दा बढी खरिद गर्नेलाई ४०० रुपैयाँ प्रतिलिटरमा दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन्। बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ।
हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ। प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि १५ लाख अनुदान उपलब्ध गराएको छ। सहकारीले स्थानीय स्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन्। सहकारीले प्याकेजिङ गरेर बजारमा पुर्याउन प्रज्ञापनपत्र लिने तयारीसमेत गरिरहेका छन्।
सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रूपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्टले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
