पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष असरफले दिए राजीनामा

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्। 

काठमाडौँ– पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष जाका असरफले पदबाट राजीनामा दिएका छन्। कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि असरफले राजीनामा दिएका हुन्। 

उनले शुक्रबार बोर्डको अन्तिम बैठकपछि पीसीबीका संरक्षक तथा प्रधानमन्त्री अनवारुल हक ककरलाई राजीनामा पठाएको बताए। 

“हो, मैले अन्य काममा समय दिनुपर्ने र पीसीबी अध्यक्षको रूपमा कर्तव्य पूरा गर्न समय नपाएको कारण संरक्षकलाई मेरो राजीनामा पठाएको छु,” उनले भने। बैठकले फेब्रुअरी १७ मा सुरु हुने पाकिस्तान सुपर लिगको नवौँ संस्करणको बजेटलाई अन्तिम रूप दिएको छ।

उनकै कार्यकालमा क्रिकेटको राष्ट्रिय टोलीका तत्कालीन कप्तान बाबर आजमले राजीनामा दिएका थिए।

गत वर्षको विश्वकपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि उनले टोलीको व्यवस्थापनलाई नयाँ आकार दिएका थिए।