नवलपरासी पश्चिममा घण्टीको अग्रता, विनोद चौधरी पछ्याउँदै

स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले तीन हजार ९५८ प्राप्त गर्दै कांग्रेसका विनाेद चौधरीलाई पछि पारेका हुन्।

काठमाडौँ– नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले तीन हजार ९५८ प्राप्त गर्दै कांग्रेसका विनाेद चौधरीलाई पछि पारेका हुन्। पछिल्लो परिणाम अनुसार चौधरीले तीन हजार ८६९ मतसहित ठकुरीलाई पछ्याइरहेका छन्।

जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीले दुई हजार ९१२ मत प्राप्त गरेका छन्।