बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।
काठमाडौँ– नेपाल र भारतीय सुरक्षा संगठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ।
सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा ५५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपालद्वारा शनिबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा उनले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३.३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए।
त्यस क्रममा १६१ स्थानमा करिब १७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिए। दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार ८०० भन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ।
जोर अंकको सीमास्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ। हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका २५३ पोस्ट खडा गरिएको छ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच एक हजार ८८० किमी लामो सीमा छ। दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यम र साना गरी आठ हजार ५५३ वटा सीमा खम्बा रहने गरी नक्सांकन भए पनि हाल ५३ प्रतिशत मात्र गाडिएको छ। भारतमा अंग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका ९१६ वटा जंगे पिलर गाडिएको थियो। त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारका छन्। ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छन्। मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ।
बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ। सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ। त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
