२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो।
काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ। शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो।
२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो। मधेश प्रदेशका लागि ओपनर तथा कप्तान हरिशंकर साहले ५० रन बनाउँदा मयन यादवले पनि ५० रनकै अर्धशतकीय पारि खेले। यसैगरी अनिल साहले ४४ रन, अभिषेक तिवारीले ३४ रन जोडे। पवन शर्राफ, राजेश यादव र प्रदीप पासवानले समान ११/११ रन बनाए । यसैगरी राहुल मण्डलको ब्याटबाट १० रन बन्यो।
कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चनाराले २ विकेट लिए। यसैगरी दिनेश अधिकारी, युनिस सिंह र रविन्द्र शाहीले एक एक विकेट लिए।
कर्णालीका लागि अर्जुन घर्तीले ५८ रनको अर्धशतकीय पारि खेल्दा दिनेश अधिकारीले ३३ रन जोडे। यस्तै विपिन शाहीले ३१ रन तथा प्रकाश जैशीले १४ रन मात्रै जाडे।
मधेशका राजेश यादवले ३ र प्रदीप पासवानले २ विकेट हात पारे। यसैगरी रुपेश सिंह, अभिषेक तिवारी, रञ्जितकुमार, हरिशंकर साह र पवन शर्राफले एक/एक विकेट लिए।
५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
