संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ।
काठमाडाैँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो। क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो।
संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ। एनआरएनएको केन्द्रीय कार्यालयमा शनिबार आयोजित एक समारोहकाबीच अध्यक्ष केसीले क्यानका सचिव पारश खड्कालाई सो सहयोग हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा एनआरएनए अध्यक्ष केसीले नेपाललाई खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले खेलकुदमा ठूलो लगानी आवश्यक रहेको पनि बताए। नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफैँ व्यवस्थापन गर्नुपर्ने बिडम्बना रहेको उनको भनाइ थियो। उनले ७० लाख नेपाली एकजुट हुने हो भने दिगो पूर्वाधार बनाउनसक्ने पनि बताए।
अध्यक्ष केसीले सबै मिलेर खेल क्षेत्रको विकास र बिस्तारमा लाग्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
