पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्री तथा सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टी कार्यालयले जनाएको छ।
काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी)को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार ७०९ रुपैयाँ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्री तथा सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टी कार्यालयले जनाएको छ।
सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा रु सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार ८९८ रुपैयाँ बचत भएको छ। चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार ७५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।
पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
