उनले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
काठमाडाैँ– नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्। त्यसका लागि 'ग्रासरुट' क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। साथै पारसले क्यानसमक्ष धेरै चुनौतीहरू रहेको उल्लेखसमेत गरेका छन्। नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरेका छन्।
थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको भन्दै उनले खेलको जित मात्रै नभई क्रिकेट संस्कृतिलाई नै विकास गर्नुपर्ने धारणा राखे।
अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको उल्लेख गर्दै एनआरएनएले खुला मनले सहयोग गरेमा नेपाली क्रिकेट उचाईमा पुग्न सहयोग मिल्ने धारणा राखे।
सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि क्यानलाई हौसलास्वरूप १० लाख रुपैयाँ सहयोग पनि गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
