मृत्यु हुनेमा सबै तीन कक्षामा पढ्ने विद्यार्थी भएको बताइएको छ।
चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ। शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको बीबीसीले जनाएको छ।
विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान शुरू गरिएको छ। एक शिक्षकले त्यहाँको सरकारी अखबार हेबेई डेलीलाई बताएअनुसार मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी हुन्।
आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए। बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ। सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो। आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन।
सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ। सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
