तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।