प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले न्युजिल्यान्डसँग खेल्दैछ। खेल दिउँसो १:४५ मा शुरू हुनेछ।
काठमाडौँ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकपमा भारतले विजयी शुरूआत गरेको छ।
शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ८४ रनले हराएको हो।
जितका लागि भारतले दिएको २५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५.५ ओभरमा १६७ रनमा अलआउट भयो। बंगलादेशका मोहम्मद साहिब जेम्सले ७७ बलमा ७ चौकासहित ५४ रन बनाए। अरिफुल इस्लामले ४१ तथा शेख पेभेज जिबोनले १५ रनको योगदान दिए।
भारतका सौम्य पाण्डेले ४ तथा मुसिर खानले २ विकेट लिए। राज लिम्बानी, अस्रिन कुलकर्णी र प्रियान्सु मोलियाका नाममा समान १–१ विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। भारतका आर्दश सिंह र उदय साहारनले अर्धशतकीय इनिङ्स खेलेका थिए।
आदर्शले ९६ बलमा ६ चौकासहित ७६ तथा उदयले ९४ बलमा ४ चौकासहित ६४ रन बनाए। सचिन दासले नटआउट २६, प्रियंसु मोलिया र अर्भेली अभानिसले समान २३–२३ रनको योगदान दिए।
बंगलादेशका मरुफ मृधाले ५ विकेट लिए। चोधुर मोहम्मद रिजवान र मफुजुर रहमान रवीका नाममा समान १–१ विकेट रह्यो।
प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले न्युजिल्यान्डसँग खेल्दैछ। खेल दिउँसो १:४५ मा शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
