रडले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न पुगेका स्थानीय मिना थापा र शिला चौधरीलाई पनि रडले हानेर घाइते बताएका छन्।   

तुलसीपुर– दाङको तुलसीपुर–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या अभियोगमा पक्राउ परेका छन्। 

मदिरा सेवन श्रीमतीको टाउकोमा फलामे डन्डी (रड) ले हानेर हत्या गरेको आरोपमा शनिबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लले बताए। मल्लका अनुसार रडले हान्दा लक्ष्मीको शनिबार घटनास्थलमै मृत्यु भएको हो।

पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि रडले हानेका थिए। सो क्रममा  स्थानीय मिना थापा र शिला चौधरी घाइते भएका छन्। मिनाको टाउकोमा र शिलाको हड्डीमा चोट लागेको छ। 

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए।