भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो।
भरतपुर– चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ।
गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले बताए। वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन र अन्य क्षेत्रमा लाइटिङको काम बाँकी रहेको उनको भनाइ छ।
२०७७ माघ २८ भित्र सक्नेगरी उक्त सडकको जिम्मा लिएको थियो। तर, तोकिएको मितिमा नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ। अन्तिमपटक मंसिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिए।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो। सडकको लागत एक अर्ब ७६ करोड रुपैयाँ छ। भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगति ६५ प्रतिशत मात्र भएको छ।
“भुक्तानी लगभग ६५ प्रतिशत भएको छ। अझै ४५ करोड निर्माण कम्पनीलाई दिन बाँकी छ,” उनले भने, “सडक विभागमा फाइल पठाएका छौँ। भुक्तानी छिट्टै हुनेमा आशावादी छौँ।”
अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ। फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुनेछ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्डको योजना छ। सडकको दायाँबायाँ ११.५–११.५ मिटरको पिच हुनेछ।
त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ। त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
