मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ चिल्डेन पार्क, वनभोजस्थलसमेत बनाउँने तयारी छ।
स्वर्गद्वारी– प्युठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको हो।
सदरमुकाम खलंगा संघीयतापछि सुस्ताउँदै गइरहेको थियो। खलंगासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीयले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार जिपलाइन मपनि थपिएको छ।
मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा एक करोड लागतमा निर्माण गरिएको मल्लरानी टुरिजमका अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए।
सामुदायिक वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छ।
जिपलाइनको चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी ६५० मिटर छ। “यसले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धि हुनेछ। जिपलाइनमा दैनिक २०० जनाभन्दा बढीले खेल्न सकिनेछ,” उनले भने।
पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर गन्तव्य हो। खलंगाबाट दुई किलोमिटर टाढा रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छ्रेलगायत थुप्रै हिमाल देख्न सकिन्छ।
बिजुलीकोटसँगै खलंगा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ।
मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो। त्यसले भने निरन्तरता पाउन सकेन।
नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
