देशभरका ८० गाउँपालिका र ११० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन्। ८० गाउँपालिका र ५० नगरपालिका निमित्तको भरमा छन्।
काठमाडौँ– प्रमुख प्रशासकीय अधिकृत नहुँदा ७५३ मध्ये १९० स्थानीय तहको काम प्रभावित बनेको छ।
स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन नसकेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले बताए।
१९० मध्ये ८० गाउँपालिका र ११० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली रहेको उनको भनाइ छ। ८० गाउँपालिका र ५० नगरपालिका निमित्तको भरमा चलेका छन्।
“स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने व्यवस्था छ। संघीय मन्त्रालयले सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन,” उनले भने, “संघीय निजामती ऐन, स्थानीय सेवाको मापदण्ड नबन्दा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभाव समस्या समाधान हुन नसकेको हो।”
संघीय निजामती ऐन अहिलेसम्म आउन सकेको छैन। स्थानीय सेवाको कानून पनि तीनवटा प्रदेश सरकारले मात्रै बनाएका छन्। कर्मचारीको वृद्धि विकास र नियुक्तिका विषयमा अन्योलता भएको प्याकुरेलले बताए।
तोकिएको श्रेणीको कर्मचारी अभावको कारण निमित्त बनाएर स्थानीय तहमा काम गराउनु परिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले बताए।
मन्त्रालयले तोकेका अधिकृतबाट नै सबै तहको कार्यसम्पादन हुँदै आएकाले रिक्त भने नभएको उनको भनाइ छ।
“स्थानीय तहका प्रमुखले खोजेको कर्मचारी पाठन सकिने अवस्था छैन,” उनले भने, “स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभाव नयाँ होइन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
