यू१९ विश्वकप: न्युजिल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।

काठमाडौँ– नेपालले आईसीसी यू१९ विश्वकपको पहिलो खेलमा न्यजिल्यान्डविरुद्ध पहिला फिल्डङ गर्ने भएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्यजिल्यान्डका कप्तान ओस्कार ज्यासनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुई खेलमा नेपालले न्यजिल्यान्डलाई पराजित गरेको छ।

सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई प्लेट सेमिफाइनमा २ रन र फाइनलमा न्यजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो। 

आठ वर्षअगाडि सन् २०१६ मा न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै नेपालले क्वार्टरफाइनलको ऐतिहासिक यात्रा तय गरेको थियो।