उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए।
काठमाडाैँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेन्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन्।
आइतबार संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यावहारिक हुन नसकेको बताए। उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरूसँग छलफल भएको बताए। उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए।
"बाहिरबाट समितिहरूलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरूले सहयोग गर्न कोसिसहरू वा सहयोगहरू प्राप्त हुन्छ भनेका कुराहरूलाई एकीकृत ढंगबाट समितिहरूलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरू पनि आएको छ। क्यालेन्डर बनाएर अघि जाने, संसदीय क्यालेन्डर अनुसार चल्ने कोसिस भए पनि त्यो व्यावहारिक भएको छैन," उनले भने, "अबको संसदलाई अलि प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर फिक्स गर्ने, क्यालेन्डरभित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेन्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेन्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढंगले, योजनावद्ध ढंगले बनाऔँ भन्नेकुरामा छलफल भएको छ। आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौँ र बाँकी रहेका विषय छिटो टुंग्याउनुस् भनेको छु।"
सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
