शेयर बजारकाे निरन्तर ओरालो यात्रा: साताको पहिलो दिन नै २५.६३ अंकले घट्यो

आइतबार नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

काठमाडाैँ– शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै ओरालो लागेको छ। अघिल्लो साता बुधबार र बिहीबार लगातार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

आज ३०८ कम्पनीको दुई करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको ७ अर्ब ६७ अरब ७७ लाख ४० हजार रुपैयाँ कारोबार भएको छ। हाइड्रोको उपसमूह थोरै (०.२० प्रतिशत) र अन्य उपसमूहको शेयर (१.३८ प्रतिशत)ले बढेको छ। समग्रमा शेयर बजार राताम्मे बनेको छ।

आँखुखोला जलविद्युत्, समाज लघुवित्तीय संस्था, हिमालयन लघुवित्तीय संस्था, मध्य सोलु हाइड्रोपावरले ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ। समग्रमा हाइड्रोपावर बढे पनि सीएचडीसी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयर भने क्रमशः ८, ७ र ६ प्रतिशतले ओरालो लागेका छन्।