पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।
काठमाडाैँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषा संग्रहालयका लोगि सोमबार (भोलि) नै अध्ययन समिति बनाउने घोषणा गरे। उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दू विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। हिन्दू विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाई छ।
"गोठाटारको जग्गा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र संचालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं," उनले भने, "सबै अस्तित्व समान छन्, त्यसैले भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु।" मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण संचालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताए।
विश्व विद्यालय स्थापना तयारी समितिको प्रतिवेदन बुझाउँदै समिति सदस्यसचिव घनश्याम खतिवडाले ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने बताए। उनले नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने विश्वविद्यालयको नेपालमुखि अध्ययन प्रमुख उद्देश्य रहेको बताए।
यस्तै, समिति संयोजक डा. जगमान गुरुङले ८ दिनपछि जग्गाको कित्ताकाट भएसँगै ८५ प्रतिशत काम सम्पन्न हुने बताए। उनले कानूनको मस्यौदा आएपछि र विभिन्न विज्ञहरूले सुझाव दिएसँगै विश्वविद्यालय स्थापनाको कार्यविधि शतप्रतिशत सम्पन्न हुने उल्ले गरे। पशुपति हिन्दू विश्वविद्यालयको कारणबाट विश्वलाई नेपालप्रति आकर्षित गर्ने उनको भनाई छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
