सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।
काठमाडौँ– वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजम्यान्ट सेन्टर’बीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ।
सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ। बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता तत्कालको लागि कार्यान्वयन नहुने जनाएको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उक्त सम्झाैता कार्यान्वय नगर्न निर्देशन दिएका थिए।
बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेती र कम्पनीका प्रमुखबीच गत मंसिर २० मा भएको उक्त सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको थियो। सरोकारवाला निकायलाई जानकारी नै नदिई गोप्य रूपमा सम्झौता भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलगायत विभिन्न संघसंस्थाले विरोध जनाएका थिए।
मलेसियाको रोजगारीमा वैदेशिक रोजगार बोर्डले सीमित कम्पनीको सिन्डिकेट लाद्न खोजेको आरोप संघले लगाएको थियो। सरोकारवालासँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक रहेकाले तत्काल सम्झौता कार्यान्वय नहुने बोर्डले जनाएको छ।
"उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्रीज्यूबाट निर्देशन प्राप्त भएको हुँदा सोही अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको पत्रअनुसार उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा जानकारी गराइन्छ," जारी विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
