प्रिमियर लिग: लिभरपुलको सानदार जित

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित दर्ता गरेको छ। 

आइतबार राति भएको खेलमा घरेलु टोली बर्नमाउथलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो। 

जितपछि लिभरपुलले शिर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। लिभरपुलले २१ खेलमा १४ जितसहित ४८ अंक बनाएको छ। 

१ खेल कम खेलेको म्यानचेस्टर सिटीको ४३ अंक छ। २१ खेलमा ४३ अंक नै रहेको आर्सनल तेस्रो स्थानमा छ। बर्नमाउथ २० खेलमा २५ अंकसहित १२औँ स्थानमा छ।