तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

दिउँसो, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।