चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।
टीकापुर– कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोले मानिस मात्र नभई घरपालुवा जनावरलाई समेत समस्या भएको छ।
चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। “एकातिर घाम लागेको छैन। अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ,” स्थानीय पर्शु धामीले भने, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन। भैँसीले चार लिटर दूध दिन्थ्यो। घटेर दुई लिटर भएको छ।”
घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ। गोठ बाहिर बाँध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ। जानकी गाउँपालिकाका रमेश विकका दुई बाख्रा चिसोले मरेका छन्। “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन। चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाँधेर राख्यौँ। औषधि पनि खुवायौँ,” उनले भने, “तर पनि बचाउन सकिएन। जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ।”
उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन्। चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यानो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए। “मसँग ५० बढी गाईभैँसी छन्। यतिखेर दूध उत्पादन घटेको छ,” उनले भने, “लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि बढेको छैन। जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारा मात्र खुवाउनुपर्ने बाध्यता छ।”
उनका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायत समस्या हुने गरेका छन्। “चिसोले एउटा बाख्रा बिरामी भएर मर्यो,” उनले भने, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए।
“चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन। यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ,” उनी भन्छन्, “दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन। एक महिना पुग्न लाग्यो। पशुले घाम ताप्न पाएका छैनन्। चिसोमा पानी कम पिउने हुँदा कुपोषणको समस्या हुन थालेको छ।”
टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ। सयौँ पशुचौपाया रहेको गौशालामा गोठसमेत अभाव छ। चिसोबाट पशु जोगाउन ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य गरेको सामुदायिक पशु चौपाया तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले बताए। “हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरहेका छौँ। नत्र पशु जोगाउन सकिँदैन,” उनले भने, “महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि शुरू भएको छ।”
जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ। “दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ,” पशुसेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भने, “चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ।” चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यानो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
