दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।

देउखुरी– बर्दियाबाट काठमाडौँ गइरहेको बस दाङको लमही–९ रिहारमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बसमा सवार बर्दिया गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए। 

बसमा ४७ जना सवार रहेकामा अरू दुई जना घाइते भएका छन्। शवलाई लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ।