स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोर सडकको उत्तरतर्फ डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्ने गरेको छ।
मुग्लिन– चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन्। २०७२ सालपछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन्।
इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्यायाएन। उनले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए। तर, उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन्। “फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेपछि घर मर्मत गरेर पुरानै अवस्थामा राख्ने योजना बनाएको छु,” उनले भने, “यहाँ आउने पर्यटक घरमा फोटो खिचाएर मात्र फर्किने गरेका छन्।”
स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोरको कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्छ। एकपटक पुगेकाले इच्छाकामना गाउँपालिका–२ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन्। घरले मौलिकता दिएको छ। पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन्।
यहाँ पर्यटकको चहलपहल हुन थालेको धेरै भएको छैन। स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायत जिल्लाबाट हेटौँडा, वीरगन्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पथ्र्यो। तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो। केही वर्षयता फिस्लिङ– शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो।
“यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन। कुनै दिन त यो आँगनभर गाडी र बाइक हुन्छन्,” उनले भने। वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानियको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन्। अध्यक्ष चेपाङले भने, “सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छ नै कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ।”
काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन्। यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन्। यो बाटो पृथ्वी राजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
