कर्णालीमा मतगणना जारी रहेका सुर्खेत–१, २, दैलेख–१, २, जाजरकोट, जुम्ला र सल्यान हुन्।
काठमाडौँ- कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ८ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। चार वटा हिमाली निर्वाचन क्षेत्रमा भने अहिलेसम्म मतपेटिका संकलन कार्य नै सकिएको छैन।
मतगणना जारी रहेका निर्वाचन क्षेत्र सुर्खेत–१, सुर्खेत–१, दैलेख–१, दैलेख–२, जाजरकोट, जुम्ला र सल्यान हुन्। मतपेटिका संकलन कार्य नै नसकिएका जिल्लाहरू डोल्पा, हुम्ला, कालिकोट र मुगु छन्।
सुर्खेत–२ मा नेपाली काँग्रेसका हृदयराम थानीले १२३८५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले १०७७४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले १३८३ मत ल्याएका छन्।
सुर्खेत–१ मा मंगलबार बिहान ७ बजेबाट मतगणना शुरू भएको छ। प्रारम्भिक नतिजा आइपुगेको छैन। यो निर्वाचन क्षेत्र अन्तर्गत सिम्ता गाउँपालिका वडा नम्बर ६ को सिम्ता बहुमुखी क्याम्पसस्थित मतदान केन्द्रमा प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि आइतबार मतदान स्थगित भएको थियो। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का, नेकपा एमालेका ध्रुवकुमार शाही, जनता समाजवादी पार्टीका कर्णबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका छत्रपति थापा क्षेत्री प्रतिस्पर्धामा छन्।
दैलेख–१ मा नेकपा एमालेका रवीन्द्रराज शर्माले ४२७६ मत ल्याएका छन्। नेकपा (एकीकृत समाजवादी) का ३९७६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले ४२४ मत ल्याएकी छन्।
दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ६८०७ मत ल्याएर पहिलो स्थानमा छन्। नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले ५४३४ मत ल्याएर शाहीलाई पछ्याइरहेका छन्।
जाजरकोटमा नेकपा माओवादीका शक्तिबहादुर बस्नेतले ३०५६ मत ल्याएका छन् भने नेकपा एमालेका नीरजप्रसाद आचार्यले २३८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक खनालले ५५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३४ मत ल्याएका छन्।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ५५६९ ल्याउँदा नेकपा माओवादीकी गौमा गौतम कुँवरले २३६० मत ल्याएकी छन्। नेकपा एमालेका रतननाथ योगीले १२९५ मत ल्याएका छन्।
सल्यानमा सत्ता गठबन्धनका तर्फबाट उठेका नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले फराकिलो मतान्तरले अघि छन्। उनले ९३३१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ४३२८ मत ल्याएका छन्। नेकपा एमालेका राजेन्द्रवीर रायले भने २६२१ ल्याएका छन्।
रुकुम पश्चिममा नेकपा एमालेका नन्दराम देवकोटाले ३५९ मत ल्याएका छन्। नेकपा माओवादीका जनार्दन शर्माले २४९ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लले ७० मत ल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
