दक्षिणपश्चिम चीनमा पहिरो, ४७ जनाको मृत्यु

युनान प्रान्तस्थित झाओटोङ शहरको लियाङसुई गाउँमा सोमबार बिहान ५ः५१ बजे  पहिरो गएको थियो।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा पहिरो गएको थियो। पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २०० जनाभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ। 

यसैबीच, राष्ट्रपति सी चिनफिङले पहिरोमा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।