मौन अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– राष्ट्रियसभा निर्वाचनको लागि सोमबार मध्यरातदेखि मौन अवधि शुरू हुँदैछ।
मतदान सम्पन्न नभएसम्म मौन अवधि जारी रहने निर्वाचन आयोगले जनाएको छ। मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ।
मध्यरातिदेखि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी विज्ञप्तिमार्फत जानकारी दिए। उनले भने, “मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन।”
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयरसमेत गर्न नहुने विज्ञप्तिमा उल्लेख छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
