शेयर बजारमा ३१.४९ अंकको गिरावट

सोमबार नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर २ हजार ९८.६९ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चाैथो दिन ओरालो लागेको छ। सोमबार नेप्सेमा ३१.४९ अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर २ हजार ९८.६९ को विन्दुमा कायम भएको हो।

आज ३०७ कम्पनीको एक करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर एक लाख ५० हजार ५४३ पटक खरिद बिक्री हुँदा छ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आज व्यापार समूहको उपसूचक ०.३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह २.२४ प्रतिशतले घेटेको छ।

अपर मर्स्यांदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८.३३ प्रतिशत रहेको  छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७८ करोड ६३ लाख ८३ हजार ४९२ रुपैयाँ बराबरको ११ लाख ९७ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ।