सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
काठमाडाैँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ। त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेस्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।
सम्बन्धित संकाय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा विसं २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ।
त्यस्तै तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ।
यसैगरी स्नातक तहको सेमेस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेस्टरको २०८१ असोज, तेस्रो सेमेस्टरको २०८१ चैत, चौथो सेमेस्टरको २०८२ भदौ/असोजमा तोकिएको छ।
स्नातक तर्फको पाँचौ सेमेस्टरको २०८२ चैतमा, छैटौँ सेमेस्टरको २०८३ असोज, सातौँ सेमेस्टरको २०८३ चैत र आठाैँ सेमेस्टरको २०८४ असोजमा तोकिएको छ। स्नातकोत्तर तर्फको प्रथम सेमेस्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेस्टरको २०८१ माघ, तेस्रो सेमेस्टरको २०८२ असार र चौथो सेमेस्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताए।
सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
