चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
काठमाडौँ– प्रहरीले काठमाडाैँबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यलाई बसुन्धारामा रहेको धौलागिरि हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
उनले नेपाल मेडिकल काउन्सिल (एनएमसी)को कार्ड नक्कली बनाएर बिरामी जाँच्दै आएका थिए। उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्। प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए। उनले नक्सालमा रहेको 'वी केयर' मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनको साथबाट ४ प्रकारका परिचयपत्र तथा ७ वटा स्ट्याम्पलगायत विभिन्न अस्पतालसँग नाम जोडिएका नक्कली प्रमाणपत्र बरामद गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
