स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
काठमाडाैँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताइन्।
केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको उनको भनाइ छ। उनले २२१ करारका कर्मचारीहरू कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताइन्। उनका अनुसार अहिले दशैँअघिदेखि नै ३०० जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेका छन्।
"वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ, त्यो होइन। ८३१ दरबन्दीमध्ये ५०० जना नर्सिङको दरबन्दी थियो। त्यसमा हामीले ३०० जनाको लोकसेवाबाट सिफारिस गरेर उहाँहरू दशैँअघिदेखि काम गर्दै हुनुहुन्छ," उनले भनिन्, "२०० बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरूलाई काममा राखेका थियौँ। उहाँहरूलाई कोभिड १९ केसको लागि राखेको थियो। स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौँ। राज्यको श्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो। अहिले त्यसको रिप्लेस भइसकेको छ र २३४ प्लस अरु रिक्त गरेर २६१ विज्ञापन गइसक्यो, लोकसेवाको सेड्युलबाट सायद आजभोलि विज्ञापनमा आउँछ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
