सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।
काठमाडौँ– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको छ।
समितिको सोमबार बसेको बैठकमा अधिवक्ता चक्रमान विश्वकर्माद्वारा प्रस्तुत प्रतिवेदनमा त्रिविलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कर्मचारी सापटी कोषजस्ता कोषहरू विनियमावली बनाइ स्थापना भएको देखिएकाले त्यस्ता कोषहरू ऐन वा विनियमावलीबाट व्यवस्था गर्न सुझाव दिइएको छ।
यस्तै, त्रिविका पदाधिकारीको पारिश्रमिक, सेवासर्त तथा सुविधा आफैँ तोकी विनियमावली बनाइनु विधिसम्मत नभएको तथा त्रिवि ऐन, २०४९ कार्यान्वयनमा आएको ३१ वर्ष भइसकेकाले नयाँ ऐन ल्याउनुपर्ने निचोड पनि समितिसमक्ष पेस गरिएको छ।
समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित विधायनको निर्माण र कार्यान्वयन सम्बन्धमा विश्वविद्यालय स्पष्ट हुनुपर्ने र संविधानले प्रत्याभूत गरेको उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजान आग्रह गरे। सो विषयमा समितिका सदस्यका सुझावबमोजिम अध्ययन प्रतिवेदनलाई पूर्णता दिइ समितिले आवश्यक निर्देशन दिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
