उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको पनि बताए।
मकवानपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सबै कम्युनिस्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखेका छन्।
पूर्व जनमुक्ति सेना (पीएलए) मकवानपुरको आयोजनामा सोमबार झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए। सबै कम्युनिस्ट पार्टी एउटै झण्डामुनि उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।
उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुंगोमा पुगेको छैन यो पनि बाँकी छ।” उनले शान्ति सम्झौता टुंगोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए।
उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए। उनले पार्कको व्यवस्थापनमा ध्यान दिएर संग्रहालय बनाउन सुझाव दिए।
बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साँटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
