१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैँ– सरकारले एक सयदेखि तीन सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन्। सचिव पोखरेलले एक सयदेखि तीन सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे। उनले एक सयदेखि तीन सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए। उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए।
उनले तीन सय शय्याका अस्पतालहरूका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे। दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको भन्दै नर्सिङ पढाउनेलाई स्टाफ र ब्याचलर नर्स दुई कोर्स एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने उनको भनाइ छ।
यस्तै, उनले १५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने बताए। स्वास्थ्य मन्त्रालयसँग भएको दुई हजार ६०० दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्ने अवस्था नभएको स्पष्ट पारे। स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
