सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको छ।
सल्लेरी– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य हुने गरेकामा यस वर्ष भने सुनसान बनेको उनको अनुभव छ। “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए। खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन,” उनले भनिन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पुसमा एक हजार ९२० जना आएका थिए। यस वर्ष एक हजार ३२९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए।
विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ। यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ। यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्छ। फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय याम मानिन्छ। त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ। याममा दैनिक ९०० देखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटक मात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालयको तथ्यांक छ।
विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण अधिक हुँदा भ्याइ नभ्याइ हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए। त्यसकारण पर्यटकीयस्थलका होटल तथ पसलमा ताला लागेको छ। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो। यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र नआउने घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो।
गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायत बासिन्दाले कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन्। त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मंसिर पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए। यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन्। स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन्।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताइन्। यतिखेर नाम्चे क्षेत्रमा तापक्रम माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा सूचना अधिकारी मण्डलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
