आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा घलानलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्न लागिएको हो।
कास्की– सहारा क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गर्ने भएको छ।
मंगलबार आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।
प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबले घलानलाई सम्मान गर्ने निर्णय गरेको हो। सम्मानको राशि नगद ५० हजार पाँच र सम्मानपत्र छ। हेटौँडा उपमहानगरपालिका–१८ निवासी घलान राष्ट्रिय टिमका नियमित सदस्य हुन्। सानो उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएका घलानले विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको क्लबका अध्यक्ष केशवराज बरालले बताए। २०७४ सालदेखि सञ्चालित यस सम्मान हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन्।
माघ २० गतेसम्म गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ। विजेताले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
