कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्।

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। 

सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्। 

उन्मुक्ति पार्टीका चौधरीले २० हजार २३४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार चौधरीले १४ हजार ९४६ मत प्राप्त गरेका छन्। 

नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ८ हजार २६९ मत प्राप्त गरेका छन्। चौधरी २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। 

यद्यपि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन। निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले मतगणना सकिएको र केहीबेरमा नतिजा घोषणा गरिने जानकारी दिए।