एपीएफ अर्को विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भयो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ।
प्रतियोगिताको शुरूआती दुई खेलमा बागमती (८९ रन) र कोशी प्रदेशलाई (६ विकेट)ले पराजित गरेको एपीएफ तेस्रो खेलमा मधेशसँग ५ विकेट र चौथो खेलमा पुलिससँग ५८ रनले पराजित भएको थियो।
मंगलबार सम्पन्न खेलमा पनि एपीएफ अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग ४ विकेटले पराजित हुन पुग्यो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
आर्मीका कप्तान विनोद भण्डारीले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। ४० बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
कुशल मल्ल १९, बसिर अहमद १८, इमरान शेख १६ र सन्तोष कार्की ११ रनमा आउट हुँदा विकेट यादव २ रनमा अविजित रहे।
सन्दीप रजाली र भीम सार्कीको प्रदर्शन भने राम्रो हुन सकेन। एपीएफका रमेश कुर्मीले २ विकेट लिए। श्याम ढकाल (मौसम) र रोहितकुमार पौडेलको नाममा भने १/१ विकेट रह्यो।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, सिद्धार्थनगरमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।
खराब मौसमका कारण मंगलबार पनि १४ ओभर घटाएर खेल खेलाइएको थियो। एपीएफका कप्तान रोहितले सर्वाधिक ५९ रनको इनिङ्स खेले।
उनले १०३ बलमा २ चौका र २ छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो तेस्रो अर्धशतक हो। यसअघि उनले मधेशविरुद्ध ५८ र कोशीविरुद्ध ८० रनको इनिङ्स खेलेका थिए।
यस्तै, भुवन कार्की १६ र सुमित महर्जन १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। अविनाश कर्णले २ विकेट लिँदा विवेककुमार यादव, शाहब आलम र बसिर अहमदको नाममा १/१ विकेट रह्यो।
जितसँगै ५ खेलबाट आर्मीले ६ अंक जोडेको छ। एपीएफको भने समान खेलबाट ४ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
