संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्मका अध्ययन प्रतिवेदन यथाशीघ्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
काठमाडौँ– संसदीय समितिले नेपाल वायुसेवा निगम (नेवानि) तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएका अध्ययनका प्रतिवेदन यथाशीघ्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले निगम तथा विमानस्थलको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
बैठकमा समितिले निगम र विमानस्थलका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो। समितिको बैठकमा भएको छलफलका आधारमा निगम र विमानस्थलहरू सुधारसम्बन्धी हालसम्मका अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए।
समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उड्डयनसम्बन्धी विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ।
“हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन। त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेटसहित यो समितिमा उपलब्ध हुनुपर्यो,” उनले भने।
बैठकमा समिति सदस्यले वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले निगम तथा विमानस्थलको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
