लगातार तेस्रो दिन पनि घट्यो नेप्से

मंगलबार चार अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ को बिन्दुमा कायम भएको हो। यो सातामा कारोबारको लगातार तेस्रो दिन नेप्से घटेको हो।

मंगलबार ३१० कम्पनीको एक करोड १८ लाख एक हजार ३६० कित्ता शेयर एक लाख १७ हजार ५७७ पटक खरिदबिक्री हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूहको उपसूचक ०.०७, वित्त समूह ०.२८, होटल तथा पर्यटन समूह ४.७४, लगानी समूह ०.३६, निर्जीवन बीमा समूह ०.७३ र अन्य समूह ०.५६ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ समूह ०.४२, जलविद्युत् ०.५८, जीवन बीमा समूह ०.६६, उत्पादन तथा प्रशोधन समूह ०.२३, लघुवित्त समूह ०.१३, म्युचुअल फन्ड ०.२१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेको छ।

चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ६.२० प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको ५५ करोड नौ लाख ८० हजार ७८५ रुपैयाँ बराबरको आठ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ।