मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, “२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।”
उनका अनुसार सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ। राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खाली थियो। युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम भण्डारीलाई राष्ट्रिय एन्टी डोपीङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय भएको उनले बताइन्।
सरकारले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण स्वीकृतका लागि वार्ता गर्न टोली गठन गर्ने निर्णय पनि गरेको छ। “जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
