ललितपुर नापी कार्यालयका सर्वेक्षकसहित ३ जना घुससहित पक्राउ

नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

काठमाडौँ– नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। 

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

तीनैजना मंगलबार कार्यालय परिसरबाट पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।