बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको छ। ९७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ। बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको हो।
५ खेलमा ५ जितसहित शीर्ष स्थानमा रहेको पुलिसले १० अंक जोडेको छ। ७ खेलमा ४ जित हासिल गरेको मधेशको ८ अंक रहेको छ। मधेशले दिएको ९७ रनको लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।
पुलिसका ओपनर सुनिल धमलाले सर्वाधिक २८ रन बनाए। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए।
अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रनमा अविजित रहे। अर्जुन साउद र दिलिप नाथले भने राम्रो प्रदर्शन गर्न सकेनन्। मधेशका रञ्जित कुमार र अरनिको यादवले २/२ विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनायो।
मधेशका अरनिको यादवले सर्वाधिक २३ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर हरिशंकर शाह २२ रनमा आउट हुँदा अभिषेक तिवारी ११ रनमा अविजित रहे। मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चिए। ललितनारायण राजवंशीले ४ विकेट लिँदा राशिद खानको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
