यू१९ विश्वकप: पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो।

काठमाडौँ– दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेको छ। 

केहिबेरअघि भएको टसमा कप्तान देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ। 

स्पिनर तिलकराज भण्डारीको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन्। यस्तै, दुवै दीपक बोहरा टोलीमा छैनन्। उनीहरूको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिइएको छ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो हासिल गरेको थियो।